सुकुम्बासी समस्या समाधान गर्ने प्रम बालेनको भनाइ


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासीहरूको समस्या समाधान गर्न सरकार लागिपरेको तर यसका लागि केही समय लाग्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले हतार गरेर दिगो समाधान नहुने बताएका हुन् ।

खोला किनारबाट सुकुम्बासी बस्ती हटाउने र स्थानान्तरण गर्ने सरकारको कदमको बचाउ गर्दै प्रधानमन्त्री बालेनले सबैभन्दा पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउनु रहेको उल्लेख गरे ।