संसद्मा जवाफ दिएर सदनमा बस्दै नबसी हिँडे प्रम बालेन


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएलगत्तै सिधै बैठक कक्षबाट बाहिरिएका छन् ।

आइतबारको बैठकमा प्रधानमन्त्री शाह आफैँले विशेष समय मागेर संसद्मा उठेका समसामयिक र राष्ट्रिय सरोकारका विषयमा सरकारको धारणा राखेका थिए । आफ्नो भनाइ सिध्याउने बित्तिकै बैठक कक्ष छाडेर प्रधानमन्त्री हिँडेका छन् ।