काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टमबाटै सांसदहरूलाई प्रश्न सोध्नुस् भनी आव्हान गरेपछि प्रमुख प्रतिपक्षी दलहरूले नियमापत्ति जनाएका छन्। विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले प्रधानमन्त्रीको यो कदमले संसदीय मर्यादा, संविधान र प्रतिनिधि सभा नियमावली मिचेको आरोप लगाएका हुन्।
प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तरको शैली अपनाएपछि नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम तत्कालै नियमापत्ति जनाएका थिए। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सिधै रोष्टमबाट प्रश्न सोध्न भन्दै हुकुमी शैलीमा नियमावलीबाहिर गएर प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर विपक्षी दलहरूको छ।



प्रतिक्रिया