रास्वपाको सरकार नागरिकको आवाज दबाउन केन्द्रित छ : अध्यक्ष शर्मा


सुर्खेत । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दबाउनमा केन्द्रित रहेको बताएकी छन् ।

वीरेन्द्रनगरको एक कार्यक्रममा आइतबार बोल्दै उनले मिडियामाथि वर्तमान सरकारले अङ्कुश लगाउने प्रयास जारी राखेको बताइन् ।

जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको शर्माले भनाइ छ ।

सरकारका पछिल्ला गतिविधिको महासङ्घले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दबाउने यात्राले लोकतन्त्र सुदढ हुन नसक्ने बताइन् ।