प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शीर नै झुकायाे -एमाले सांसद


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले आपत्ति जनाएका छन् ।

आइतबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा बरालले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको बताए ।

‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नुभएको छ । यसले हामी सबै नेपालको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद छ । गम्भीर आपत्तिजनक छ ’ उनले भने ।