काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा प्रतिवाद गर्ने भएका छन् ।
आइतबार बसेको संसद बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर सांसदको जवाफ दिने क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले कुनै सुनवाइ गरेनन् ।
सभामुख अर्यालले संसद नियमावली जबरजस्ती पारित गर्न लागेपछि हिजो दिनभरको बैठक तनावपूर्ण भएको थियो । आज भने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिपक्षी दलहरु केन्द्रित हुने भएका छन् ।
आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकअघि प्रतिपक्षी दलका प्रमुख नेताहरुबीच अनौपचारिक छलफल हुने एमालेका प्रमुख सचेतक ऐन महरले बताए ।



प्रतिक्रिया