काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज १ बजे भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । यसको लागि पार्र्टी सचिवालयको भर्चुअल बैठकले ५ दिने भारत भ्रमण स्वीकृत गरिसकेको छ ।
बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य हुनेछन् ।
पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने प्रवक्ता मनिष झाले जानकारी दिए ।



प्रतिक्रिया