काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नँया दिल्ली प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि उनी दिल्ली उडेका हुन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् ।
रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।
नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ ।
भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।



प्रतिक्रिया