बुटवल । नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले आगामी निर्वाचनपछि कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वमा सरकार बन्ने उद्घोष गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजना गरेको ‘जरा अभियान’लाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
महामन्त्री बरालले अबको निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको वैशाखीबिना देशकै पहिलो र बहुमतप्राप्त पार्टी बनाउने रणनीतिका साथ पार्टी अघि बढेको बताए । ‘अबको लक्ष्य स्पष्ट छ, अगली बार गगन सरकार,’ उनले भने, ‘त्यसका लागि पार्टीको सम्पूर्ण शक्ति र कार्यकर्ता पंक्ति गाउँ–गाउँमा एकीकृत हुन जरुरी छ ।’
चुनावमा ठूलो दल बनेर आफ्नै नेतृत्वमा स्थिर सरकार बनाउन अहिलेदेखि नै चुनावी तयारीमा लाग्नुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया