‘बालेन देशका लागि घातक हुन्’ – हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको कडा आलोचना गर्दै उनलाई ‘देशका लागि घातक’को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्त तातिरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । साम्पाङले प्रधानमन्त्री शाहको राष्ट्रियतासम्बन्धी दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन् ।

‘बालेन देशका लागि घातक छन्, यो बुझ्न आम मानिसलाई केही समय लाग्नेछ,’ साम्पाङले लेखेका छन्, ‘तर जबसम्म मानिसहरूले यो कुरा बुझ्नेछन्, त्यतिबेलासम्म देश सकिसकेको हुनेछ ।’

प्रधानमन्त्री शाहको बचाउ गर्दै आफूलाई सामाजिक सञ्जालमा गाली गर्नेहरूलाई लक्षित गर्दै उनले अगाडि लेखेका छन्, ‘अहिले मलाई गाली गर्नेहरूलाई भविष्यमा ठूलो पछुतो हुनेछ ।’