निक्षेप फिर्ता नपाएपछि बचतकर्ताद्वारा बैंक घेराउ


नेपालगञ्ज । विगत डेढ वर्षदेखि आफूले जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै आक्रोशित बनेका कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरूले सोमबार नेपाल राष्ट्र बैंक, बाँकेको कार्यालयमा धर्ना दिएका छन् ।

बाँकेको नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य गेटमा बचतकर्ताहरूले जम्मा भई नाराबाजी र घेराउ गरेका हुन् । विगत लामो समयदेखि धाउँदा पनि बैंकले आफ्नो मिहिनेतको कमाइ फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको पीडितहरूले बताएका छन् ।

बैंक संकटमा परेसँगै बचतकर्ताहरूले आफ्नो सावाँ तथा ब्याज रकम पाउन सकेका छैनन् ।