महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश


काठमाडौं, जेठ १८ । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय शुर्दशन देव भट्ट र बिदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छली गरी ७ करोड ७८ लाख रुपैयाँ बराबरको सुन तस्करी गरेको आरोपमा महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मुद्दाको थप सुनुवाइ भने विशेष अदालतमा जारी रहनेछ।

२०८२ असोज २९ गते जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर मंसिर ११ गते उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।