तोलामा चार सयले बढ्यो सुनको मूल्य


काठमाडौँ, १९ जेठ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ ।