वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो मंगलबार पहिलो पटक अमेरिकी कंग्रेससमक्ष उपस्थित हुँदै छन् । यहाँ उनले ट्रम्प प्रशासनको विदेश नीति र विशेषगरी इरानसँग सम्बन्धित तनावबारे कडा प्रश्नहरूको सामना गर्ने अपेक्षा गरिएको छ ।
यो सुनुवाइ कंग्रेसका प्रतिनिधि सभा र सिनेट समितिहरूमा लगातार हुनेछ, जहाँ विदेश मन्त्रालयको वार्षिक बजेट प्रस्ताव प्रस्तुत गरिनेछ । तर मुख्य बहस बजेटभन्दा पनि हालको अन्तर्राष्ट्रिय संकट विशेषगरी अमेरिका र इरानबीचको कमजोर युद्धविराम तथा बढ्दो तनावमा केन्द्रित हुने देखिएको छ ।
गत केही दिनयता दुवै देशबिच फेरि आक्रमण–प्रत्याक्रमण भएको रिपोर्ट आएपछि स्थिति अझ अस्थिर बनेको छ । रुबियो यसअघि अमेरिकी सिनेटर थिए । अब विदेशमन्त्रीको रूपमा उनी ट्रम्प प्रशासनको कूटनीतिक रणनीतिमाथि पहिलो ठुलो संसदीय परीक्षण सामना गर्दैछन् ।
विश्लेषकहरूका अनुसार यो सुनुवाइले प्रशासनको विश्वव्यापी कूटनीतिक प्रयास विशेषगरी मध्यपूर्वको तनाव व्यवस्थापनबारे महत्त्वपूर्ण संकेत दिनेछ । एजेन्सी



प्रतिक्रिया