काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् ।
पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा हुने जनाइएको छ ।



प्रतिक्रिया