काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार बैठक आगामी २१ जेठ बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय भएको छ ।
बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुनका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासन, उजुरीहरूमाथिको छानबिन तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया