पोखरा । अन्नपूर्ण आरोहण दिवसका अवसरमा जेठ २० गते आयोजना हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण आधार शिविरदेखि पर्यटकीय गाउँ घान्द्रुकसम्म हुने म्याराथनको तयारी पूरा भएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको हो ।
अन्नपूर्ण प्रथम हिमालको महिमा र गरिमालाई विश्वभर उजागर गर्ने उद्देश्यले विक्रम संवत् २०७५ देखि प्रत्येक वर्ष यो म्याराथन आयोजना गरिँदै आएको छ ।
यस वर्षको प्रतिस्पर्धामा १८ देखि ६९ वर्ष उमेर समूहका ५३ जना धावकहरू सहभागी हुँदै छन्, जसमा ८ जना विदेशी र ४५ जना नेपाली धावक रहेका छन् ।



प्रतिक्रिया