लामछिानेसंगको भेटमा के भने भारतीय विदेशमन्त्री एस जयशंकरले?


काठमाडौं, जेठ १९ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । मंगलबार साँझ उनीहरुबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा भारत–नेपाल विकास साझेदारी र जनता–जनता सम्बन्ध तथा विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले बताएका छन् ।

त्यसअघि उनी मंगलबार बिहान भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय गएका थिए । त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।