काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसी अधिकारीको बयान आज पनि लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले आदेश जारी गर्नेछ ।
अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।



प्रतिक्रिया