काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिएका छन् । संसद्मा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ओलीको ठहर छ ।
बुधबारदेखि काठमाडौँमा शुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नर्न र नबोल्न चेतावनी दिएका हुन्।
ओलीले प्रस्ट पारे, ‘नेपालले कसैको एकइन्च जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’
बालेनले देशद्रोही अभिव्यक्ति दिएको भन्दै ओलीले त्यो मान्य नरहेको पनि उल्लेख गरे ।
साथै, अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया