काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बुधबार बसेको बैठक कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।
अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने अडान लिएका छन् ।
प्रतिनिधिसभा बैठक पनि विपक्षीको अवरोधपछि जेठ २५ गतेसम्मका लागि स्थगित छ ।



प्रतिक्रिया