रवि लामिछाने नेपाल फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत प्रस्थान गर्ने भएका छन् । उनी भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ।

विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ। नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्‍याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ।

औपचारिक भ्रमणका सबै कार्यक्रमहरू पूरा गरी परराष्ट्रमन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आजै स्वदेश फर्किंदै छन् ।

Skip This

Omoda E5 Pro