काठमाडौँ । नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौँ र चीनको प्रविधि शहर शेन्जेनबिच सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलका लागि साप्ताहिक रूपमा दुईवटा उडान भर्ने गरी सेवा आरम्भ गरेको हो ।
चीनका विभिन्न शहरहरूमा उडान विस्तार गरिरहेको हिमालयले यो उडानलाई नेपालको नागरिक उड्डयन इतिहास र अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ ।
कम्पनीका अनुसार ऐतिहासिक पहिलो उडान (जुन ४) मा ९८ जना यात्रु बोकेर नेपाली समयअनुसार राति ०९ः५९ बजे काठमाडौँबाट उडेको न्यारोबडी जहाज जुन ५ को बिहान चिनियाँ समयअनुसार ०४ः१७ बजे शेन्जेनमा अवतरण गरेको थियो ।
त्यस्तै, शेन्जेन–काठमाडौँ फर्कने उडानले जुन ५ कै बिहान चिनियाँ समयअनुसार ०६ः१२ बजे १५७ जना यात्रुसहित उडान भरेर सोही दिन बिहान ०८ः२६ बजे काठमाडौँमा सफल अवतरण गरेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया