एसियन गेम्स छनोट : ओमानविरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौं, जेठ २४ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गर्दैछ। सिंगापुरमा नेसनल क्रिकेट मैदानमा ओमानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गरिरहेको हो ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा पहिलो सेमिफाइनल प्रतिस्पर्धा सुरु भएको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

Skip This

Omoda E5 Pro