रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित


दैलेख, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गरे ।

त्यसैगरी, उपसभापतिमा गणेश शाहीे, सचिव पदमा रमेश केसी निर्वाचित भयो भने सहसचिवमा रामबहादुर शाही निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

Skip This

Omoda E5 Pro