महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाउँदै बालेन,आजै शपथ


काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार सरकारले हालै थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पुनलाई दिने निर्णय गरेको हो । उनीसँगै गृहमन्त्रालयमा पुन:फर्किन लागेका सुधन गुरुङको पनि आजै शपथ हुने स्रोतको भनाइ छ ।

Skip This

Omoda E5 Pro