काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले शहीदको सम्झनामा ५ मिनेट मौन धारण गरेको छ । कांग्रेसका सचेतक निश्कल राईले विरोधको नयाँ शैली अपनाउँदै आफैँ समय तोकेर मौनधारण गरेका हुन् ।
उनले बोल्ने क्रममा नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाह देखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा लगायत महान् योद्धाहरूको योगदानको कथा पढ्दै आएका स्मरण गर्दै मौन धारणका लागि आग्रह गरे । त्यसपछि कांगेससहित विपक्षी दलका सांसदहरु सबै उठेर मौन धारण गरेका छन् ।



प्रतिक्रिया