काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले करका दरमा गरेको संशोधनलाई लिएर अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको राजीनामा मागेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्।
‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफू आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ,’उनले भनिन् ।



प्रतिक्रिया