प्रधानमन्त्रीमाथि हर्ककाे कटाक्ष,भने -‘बोलाउँदा आउँदिन भन्नुहुन्छ, बोकेर ल्याउने चलन छैन’


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि कटाक्ष गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले संसद्मा प्रभानमन्त्रीलाई बोलाउँदा नआएको भन्दै उनले बोकेर ल्याउने चलन पनि नभएको भन्दै व्यङ्ग्य गरे ।

‘प्रधानमन्त्रीलाई बोलाको बोलाकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पक्रेर लिएर बोकेर ल्याउने चलन छैन,’ उनले भने ।

त्यस्तै संसद्मा देखिएको वर्तमान गतिरोध अन्त्य गर्न उनले सङ्कल्प प्रस्ताव पनि पेश गरेका छन्। ‘सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न। कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो। त्यसले गर्दाखेरि म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु। हाम्रो नियमावली, यो अहिलेको २०७९ सालको नियमावलीको नियम ८४ (१) को (ग) लाई टेकेर, विषय संकल्प प्रस्ताव पारित गरौँ,’साम्पाङले भने ।

Skip This

Omoda E5 Pro