विपक्षी दलको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित


काठमाडौँ । विपक्षी दलका सांसदको अवरोध गरेसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरित उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन् ।

Skip This

Omoda E5 Pro