काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको संविधानले चल्नुपर्ने बताएका छन् । मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘रास्वपाले पाँच बर्ष सरकार चलाउन पाएको छ, उहाँहरुले सरकार चलाउनुहुन्छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।’
राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उनले बताए ।
सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन हुनुपर्ने विषय कांग्रेसले पहिलै देखि उठाउँदै आएको र त्यसमा सहयोग गर्न आफूहरु सदैव तयार रहेको उनको भनाइ छ ।



प्रतिक्रिया