पाकिस्तान र लेबनान सेनाका प्रमुखबीच भेटवार्ता


इस्लामाबाद (पाकिस्तान), २६ जेठ । पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूले मङ्गलबार पाकिस्तानमा मध्य पूर्व युद्धको शान्ति वार्ता लागि भएको भेट वार्तामा थप सहयोग बढाउन सहमत भएको जनाइएको छ ।

पाकिस्तानले लामो समय देखि चलिरहेको द्वन्द्व अन्त्य गर्न संयुक्त राज्य अमेरिका र इरान बीच मध्यस्थता गरिरहेको छ भने तेहरानले सम्झौतामा लेबनानलाई समावेश गर्न जोड दिएको छ जहाँ इजरायलले इरान समर्थित हेजबुल्लाह लडाकु समुहसँग लडिरहेको छ ।

लेबनानी सेना प्रमुख रोडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी असीम मुनीरलाई भेट्न शनिबार नै पकिस्तान प्रस्थान गरेको लेबनानी स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सैन्य कमान्डरहरूले आपसी हितका विषयहरू, विकसित क्षेत्रीय सुरक्षा वातावरण, रक्षा सहयोग र द्विपक्षीय सैन्य सम्बन्ध बढाउने सम्भावनाहरूमा छलफल गरेको पाकिस्तानी सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ ।

इरान र इजरायल दुवैले सोमबार युद्ध रोकेको सङ्केत गरेको भएता पनि हयकलको भ्रमणको क्रममा शत्रुता अझै बढेको बताएका छन् ।

यस अघि शान्ति वार्ताको लामो प्रक्रिया प्रति निराशा व्यक्त गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वार्ताकारहरू सम्झौतामा पुग्ने “अन्तिम चरणमा“ रहेको बताएका छन् ।

हिजबुल्लाह लडाकुहरूले मार्च –२ मा इरानको सर्वोच्च नेताको अमेरिकी–इजरायली हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरे पछि लेबनान युद्धमा तानिएको थियो ।

इजरायलले आक्रमणको प्रतिक्रिया दिदा तीन हजार ६०० जना मानिसहरु मारिएका छन् भने जारी युद्धविरामका बावजुद हेजबुल्लाहसँग गोलीबारीको बन्द भएको छैन ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरान र इजरायलबीच नयाँ लडाइँ सुरु हुदै गर्दा युद्ध अन्त्य गर्ने अमेरिका–इरान सम्झौता “हासिल हुन लागेको“ बताएका छन् ।

अप्रिल –१७ मा युद्धविराम सम्झौता सुरु भए पनि, इजरायली सेनाले लेबनानको क्षेत्र भित्र यसको उत्तरी सीमाबाट १२ किलोमिटर भित्र रकेट प्रहार गरेका छन् । रासस

Skip This

Omoda E5 Pro