सशस्त्रका एआईजी पोखरेलको पदस्थापन


काठमाडौँ। सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका अन्जनी कुमार पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको छ । जेठ १९ मा बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

सोमबार उनलाई आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको हो । नारायणदत्त पौडेललाई मन्त्रिपरिषद्ले आईजी नियुक्त गरेपछि सो विभाग रिक्त थियो ।

Skip This

Omoda E5 Pro