काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको आज बसेको बैठकले आगामी सुझाव सङ्कलन कार्यक्रम, र भेलाहरू सम्बन्धी विभिन्न निर्णयहरू गरेको छ ।
प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश भेला जेठ ३० गते, कोशीमा असार २ गते, लुम्बिनीमा ४ गते र सुदूरपश्चिममा ६ गते मिति तय भएको छ ।
यस्तै, कर्णालीमा ८ गते, गण्डकीमा ११, मधेशमा १३, राजधानी विशेषमा १६, सम्पर्क समन्वयमा १७, जनसंगठनमा १८ र विभाग प्रमुख तथा निकायहरूमा १९ गते कार्यक्रम गर्ने तय भएको हो ।
प्रदेश भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका नेताहरू प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरूको सहभागिता रहने उनले बताए ।



प्रतिक्रिया