बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन् ।
हेटौँडामा आजदेखि सुरु भएको रास्वपाको बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै फरक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा निर्माण प्रक्रियामा खुला प्रतिस्पर्धा, विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया