काठमाडौं, जेठ २७ । इजरायल रोजगारीका लागि सञ्चालन भइरहेको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि रोकिएको छ। कमजोर व्यवस्थापन र चर्को शुल्कको विरोधमा परीक्षार्थीहरू आन्दोलित भएपछि परीक्षा गराउने जिम्मेवारी पाएको निजी संस्थाले सिर्जित ‘अप्रत्याशित परिस्थिति’ का कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको हो।
त्रिपुरेश्वरस्थित इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले इजरायल जान चाहने कामदारका लागि यो परीक्षा सञ्चालन गर्दै आएको थियो। तर, प्रतिपरीक्षार्थी ५ हजार रुपैयाँ शुल्क लिएर पनि आवश्यक भौतिक पूर्वाधार र प्रविधि उपलब्ध नगराएको भन्दै मंगलबार परीक्षार्थीहरू विरोधमा उत्रिएका थिए। सो क्रममा परीक्षा केन्द्रमा झडप र तोडफोड समेत भएको थियो।
मंगलबारको तनावपछि सीआईआईएनले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै मंगलबार र बुधबार (जुन १०) का सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको जानकारी दिएको छ। संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०२६ जुन ९ (मंगलबार) का दिन परीक्षा भइरहेका बेला केही अराजक व्यक्तिहरू जबरजस्ती हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेपछि परीक्षा बिथोलिएको हो। सुरक्षा संवेदनशीलताका कारण जुन १० को परीक्षा पनि स्थगित गर्नुपरेको छ।’ का छन्।



प्रतिक्रिया