कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

यसअघि बिहान ११ बजे बैठक बस्ने भनिएकोमा समय परिवर्तन भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा चार वटा एजेन्डामा छलफल हुने दुलालले बताए। उनका अनुसार उपसमिति संयोजकहरुले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल, थप उपसमितिको जिम्मेवारी निर्धारण र समसामयिक÷विविध विषयमा छलफल हुने छ ।

Skip This

Omoda E5 Pro