सरकारविरुद्ध संगठित समूह लागेको छ :अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भनेर अतिरन्जना फैलाइएको र सरकारविरुद्ध संगठित समूह लागेको उनको आरोप लगाएका छन् ।

आज अर्थ समितिको बैठकमा बोल्दै उनले करका दर हेरफेर गरेको भनेर गलत प्रचार गरिएको दाबी गरे । ‘बजेटमै बोलेको कुरा अर्थ विधेयकमा छुटेको हुनाले थपिएको हो । यत्तिहो । यहाँ राजद्रोह देख्नुभयो ? देशद्रोह देख्नुभयो यो छवटा बुँदामा ? यो हाउगुजीको पछाडि एउटा संगठित ग्रुप लागेको छ ।’

मन्त्री वाग्लेले रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्र भन्सार दर परिवर्तन भएको र अरुमा शुल्क परिवर्तन गरिएको स्वीकार गरे । धेरैजसोमा भाषा स्पष्ट पारिएको उनको भनाइ छ ।

‘रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्र हो भन्सार दर चेन्ज भाको, अरु त शुल्क चेन्ज भाछ,’ उनले भने, ‘अरु त भाषागत स्पष्टता, केही छुटेका कुराहरु, त्यतिमात्रै छ ।’

Skip This

Omoda E5 Pro