काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका ५ सत्कार चोकमा रहेको एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन् ।
मंगलबार राति १२:२५ बजे विशेष सूचनाको आधारमा प्रहरीले खानको कोठामा चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान, रेन्च १ थान, चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, टर्चलाइट २ थान, फलामको रड १ थान, डिजिटल काटा १ थान र खुकुरी १ थान बरामद गरेको हो ।
बरामद सामान सहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया