रास्वपा दैलेखको प्रथम जिल्ला अधिवेशनमा विवाद,कार्यालयमा ‘तालाबन्दी’


दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएर आएको निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको छ । मत परिणाममा गडबढ देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । । कार्यालयमा तालादन्दी गर्दै उनीहरुले निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेको छ ।

निर्वाचन समितिले जानकारी दिएको कुल मत सङ्ख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबीच तालमेल नमिलेको अधिवेशनमा सभापति पदका उम्मेदवार रहेका प्रकाशकुमार बुढाले बताए ।

निर्वाचन समितिले कुल २ सय ४० मत खसेको जनाएको भए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या जोड्दा २ सय ४६ पुगेको उनले बताए । उनका अनुसार सभापति पदका चार उम्मेदवारले क्रमशः ९३, ६९, ४३ र ४१ मत प्राप्त गरेका थिए ।

उनले मतगणनासम्बन्धी कागजात तथा अन्य प्रमाण नष्ट हुन सक्ने आशंका रहेकाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए ।

Skip This

Omoda E5 Pro