काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता क्रमशः एकपछि अर्को देखिँदै गइरहेको टिप्पणी गरेका छन्। ‘आज आज समामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाउँदै उनले ‘जान्नेलाई छान्ने’ भन्ने नाममा देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको बताएकक छन् ।
‘‘देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्ताबेजमा गैरकानूनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई सिस्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने,’उनले भनेका छन् ।
अवैध धनका स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने, आफ्ना निकट व्यक्तिलाई विभिन्न उपायबाट उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने कार्यहरू बढ्दै गएको उनको भनाइ छ।



प्रतिक्रिया