काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा विवाद र कूटनीतिक दस्तावेजका विषयमा राखेको अभिव्यक्तिको सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका छन् । संसद्मा बोल्दै खनालले सीमासम्बन्धी विषय दुई देशबीचको मात्रै मामिला भएको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको उल्लेख गरे ।
यसअघि प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवादका विषयमा बोल्दै नेपालले भारतको सीमा मिचेको भन्ने चर्चा क्रस बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको दाबी गरेका थिए । प्रधानमन्त्रीले सीमाको ऐतिहासिक पृष्ठभूमि केलाउने क्रममा तत्कालीन समयका कूटनीतिक दस्तावेजहरूमा बेलायतको नाम जोडिएको प्रसङ्ग संसद्मा उठाएका थिए ।
प्रधानमन्त्रीको सोही दाबीलाई प्रस्ट्याउँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेजमा बेलायत जोडिएको भए पनि वर्तमान परिप्रेक्ष्यमा नेपाल र भारतबीचको सीमा समस्या समाधानका लागि कुनै तेस्रो देशको मध्यस्थता नखोजिएको प्रस्ट पारे ।



प्रतिक्रिया