काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रष्टिकरण दिएको छ ।
बुधबार प्रतिनिधिसभामा बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताए ।
‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत:दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन । नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अबलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गा खेतीपाती गर्ने बसोबास गर्ने अवस्था रहेको छ,’ उनले भने ।
उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै दुई देशबीच सीमाको नक्सांकन हुन बाँकी रहेको पनि संसद्लाई जानकारी दिए ।



प्रतिक्रिया