खुस्बुलाई गृहमन्त्री गुरुङले भने-प्रक्रियामा जानुहोस्, कारबाही गर्छु


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।

जारी संसद् बैठकमा बोल्दै उनले ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्‌मा राखेको बताइन् ।

सांसद ओलीले ज्यान मार्ने धम्कीको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।

बैठकभित्रै ओलीलाई भेटेर उनले दोषीमाथि कारबाही अघि बढाउने आश्वस्त पार्दै यसको लागि प्रक्रियामा जान आग्रह गरेका छन् ।

Skip This

Omoda E5 Pro