काठमाडौं, जेठ २८ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बसिरहेका छन् । आज सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेका हुन् ।
बिहान साढे ८ बजे सुरु भएको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल भइरहेको छ ।
त्यस्तै बिहान साढे ८ बजेदेखि सुरु भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपसमिति गठन गर्ने, मितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने र घिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगतिबारे छलफल भइरहेको छ ।
त्यस्तै बिहान ९ बजे सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल भइरहेको छ ।



प्रतिक्रिया