काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । केही दिनेदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन हिजोबाट प्रतिपक्ष दलहरूले अवरोध गर्न छाडेका छन् ।
जारी बिहिबारको बैठकमा दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भाग लिएका छन् ।
रामेछापबाट निर्वाचित रास्वपाका सांसद बुढाथोकीले आफ्नो जिल्लामा अपेक्षि बजेट नपरेहको गुनासो गरे । उनले मन्त्रालयगत बजेटमार्फत आफ्नो योजना समावेश हुनेमा आशावादी रहेको समेत बताए ।



प्रतिक्रिया