पूर्वी नेपालमा भूकम्पको धक्का


काठमाडौं, जेठ २९ । गएराति पूर्वी नेपालको संखुवासभालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३१ बजे संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का संखुवासभासहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। यद्यपि, भूकम्पबाट भएको सम्भावित क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

Skip This

Omoda E5 Pro