काठमाडौं, जेठ २९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार १ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन मूल्य ३ लाख एक हजार ९०० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ।
आज चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया