कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुन्छ: शङ्कर पोखरेल


काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताएका छन् ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उनले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गरे।

प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले आचार्यलाई कार्यभार हस्तान्तरण गरे। विभागप्रमुख आचार्यले वस्तुनिष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।