काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्री भिसा फ्री टिकट’ को अवधारणा नै गलत भएको बताएका छन् ।
बुधबार आफनो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो । त्यतिबेला त्यही गरिएको हो । गलत कन्सेप्ट हो । यसलाई परिवर्तन गर्नका लागि जेठ २२ गते कार्यदल गठन गरेर ३५ दिनको समय दिएको छु,’ उनले भने ।
उनले त्यसलाई वैज्ञानिक बनाउनुपर्ने बताए । १८ सय मेनपावर, ३० लाख बढी श्रमिक विदेशमा रहेको बताए । श्रममन्त्री यादवले जुन देशले नेपाली श्रमिकलाई मर्यादित श्रम,उचित पारिश्रमिक, कार्यस्थलमा सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान र आधारभूत जीवनस्तरका लागि उपयुक्त काम दिन नसक्ने जुनसुकै देशमा भए पनि श्रमिक नपठाउने बताए ।



प्रतिक्रिया